सामान्य हल्लाले अर्बौंको लगानीमा संचालित गहना पसल एक झट्कामा टाट पल्टियो

डिसी नेपाल
१७ कार्तिक २०७६ ११:३४

काठमाडौं। एउटा सामान्य हल्लाले अर्बौंको लगानीमा संचालित व्यवसाय कसरी धराशायी बन्न पुग्छ भन्ने पछिल्लो एक घटनाले देखाएको छ । सामाजिक संजालमा फैलिएको एउटा सामान्य हल्लाका कारण भारतको सबैभन्दा व्यस्त शहर मुम्बइमा संचालित अर्बौंको लगानी भएको रसिकलाल सनकलाल चन्द ज्वेलर्स बन्द भएको छ ।

आज तकको समाचार अनुसार पूर्वी मुम्बइमा संचालित यो पसल २८ र २९ अक्टोबरका दिन बन्द थियो । पसल मालिकले आफ्नै कामका कारण पसल बन्द गरेका थिए । लगत्तै ह्वाट्सएपमा यो पसलबारे हल्ला फैलिन सुरु भयो । ह्वाट्एपमा भाइरल गराइएको सन्देशमा यो पसलका मालिकमाथि ३ सय करोड ऋण भएको र यसका मालिक लगानीकर्ताको पैसा लिएर भागेको दावी गरिएको थियो ।

यो पसलले पोन्जी स्किमअनुसार ठूलो परिमाणमा बाहिरी लगानीकर्ताको लगानी लिएको थियो । यो लगानीको प्रतिफल दिनको लागि निश्चित समयावधि तोकिएको थियो तर हल्ला फैलिएपछि ती सबै लगानीकर्ताहरु एकैपटक पसल पुगे । जब लगानीकर्ताहरु पसल पुगेको पसलका मालिकले थाहा पाए त्यसपछि उनी पनि पसल पुगे । त्यहाँ उनले लगानीहरुलाई गहना र सुन बाँडे ।

घाटकोपरमा बीजेपी सांसद पराग शाहका अनुसार ३० अक्टोबरका दिन साँझ हालत नियन्त्रणबाहिर पुगेको थियो । त्यसपछि पसलका मालिकलाई बोलाइयो । लगानकिताृहरु आफ्नो पैसा नलिइ नछाड्ने अडानमा रहेपछि अन्ततः पसलमा भएजजि सबै गहना लगानीकर्तामा बाँडियो । केही लगानीकर्ताले गहना र सुन पाए तर केहीले अझै पाउन सकेका छैनन् । पाउन नसकेका लगानीकर्ताहरुले यस विषयमा प्रहरीमा उजुरी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *