सलमान खानको फिल्ममा सुनिल थापा
काठमाडौं। अभिनेता सुनिल थापाले बलिउड अभिनेता खलमान खानको प्रोडक्सनबाट बन्न लागेको नयाँ फिल्ममा काम गर्ने भएका छन्। बलिउडबाटै फिल्मी यात्रा तय गरेका थापाले पाँच वर्षअघि नायिका प्रियंका चोपडाको मुख्य भूमिका रहेको फिल्म ‘मेरी कोम’मा काम गरेका थिए।
त्यसयता सुनिलले बलिउड फिल्ममा काम गरेका छैनन्। यसैबीच सुनिलले ‘क्वाथा’ नामक फिल्ममा काम गर्ने भएको बताएका छन्। ‘प्रोडक्सन टिमसंग भेटघाट भयो। काम गर्ने सहमति पनि भयो’ डिसी नेपालसंग कुरा गर्दै थापाले भने, –‘मेरो समय नमिलेकाले तत्काललाई साइन मात्र नगरेको हुँ। ३ वटा नेपाली फिल्मको छायांकन बाँकी छ। त्यो सकेपछि क्वाथाको छायांकनमा व्यस्त हुनेछु।’
‘प्रेम गीत ३’, ‘सम्झना विर्सना’सहित अर्को एक फिल्मको छायांकनपश्चात सुनिल ‘क्वाथा’को छायांकनमा जानेछन्। यो फिल्मलाई करन भुटानीले निर्देशन गर्दैछन्। यही फिल्मबाट नायिका कट्रिना कैफकी बहिनी इसाबेल बलिउडमा प्रवेश गर्दैछिन्। त्यसका कारण पनि फिल्म प्रतीक्षित छ।
आयुष शर्मा मुख्य भूमिकामा रहने भनिएको फिल्ममा आफूलाई मुखियाको भूमिकाका लागि अफर गरिएको सुनिलले बताए। भारतको मणिपुर राज्यको वास्तविक कथामा बन्न लागेको फिल्ममा सुनिल त्यहाँको मुखियाको भूमिका रहनेछन्। त्यहाँको वास्तविक कथामा यो फिल्म बन्न लागेको सुनिल बताउँछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment