सुनकोसी बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या १४ पुग्यो, ४७ जना घाइते

डिसी नेपाल
१७ कार्तिक २०७६ १७:०९

काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सुनकोसी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्।

आइतबार चौतारा सागाचोकगढी नगरपालिका ९ सुकुटेस्थित अरनिको राजमार्गमा बा २ ख ७२४५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल सुनकोशी खोलामा खस्दा १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

मृत्यु हुनेहरुमा ८ जना महिला ४ जना पुरुष र २ जना बालबालिका रहेका छन्। दुर्घटनामा परी ४७ जना घाइते भएका छन्। तत्काल दुर्घटनास्थलमा पुगेको प्रहरीले उद्धार तथा खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *