सुनकोसी बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या १४ पुग्यो, ४७ जना घाइते
तस्वीर साैजन्य : नानीराम नेपाल
काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सुनकोसी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्।
आइतबार चौतारा सागाचोकगढी नगरपालिका ९ सुकुटेस्थित अरनिको राजमार्गमा बा २ ख ७२४५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल सुनकोशी खोलामा खस्दा १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
मृत्यु हुनेहरुमा ८ जना महिला ४ जना पुरुष र २ जना बालबालिका रहेका छन्। दुर्घटनामा परी ४७ जना घाइते भएका छन्। तत्काल दुर्घटनास्थलमा पुगेको प्रहरीले उद्धार तथा खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment