म्याग्दीमा बस दुर्घटना, ४ जनाको मृत्यु

डिसी नेपाल
१७ कार्तिक २०७६ २२:२१

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन् ।

दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नं को बस बिमको घुम्तीमा दुर्घटना भएको हो। मृत्यु हुनेमा रवी जुग्जाली र आयुषा जुग्जाली छन्।

दुई जनाको सनाखत हुन नसकेको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए। घाइतेलाई प्राथमिक उपचार केन्द्र लगिएको छ।

घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेका अनुसार प्रहरी र स्थानीयवासी घाइतेको उद्धारमा जुटेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *