सुत्केरी व्यथाले छट्पटाएकी महिलाको हेलिकप्टरबाट उद्घार

डिसी नेपाल
१८ कार्तिक २०७६ १७:१५

मुगु। आइतबारबाट सुत्केरी हुन नसकेर छट्पटाई रहेकी एक महिलाको हेलिकोप्टरबाट उद्घार गरिएको छ।

मुगुको सदरमुकाम गमगढीदेखि पाँच घण्टा टाढा रहेको विकट गाँउपालिका मुगुम कार्मारोङ्ग गाँउपालिका वडा नं ८ माँग्री गाँउकी ३४ वर्षीया कार्मा याङ्गजुम लामालाई आइतबार बेलुकाबाट सुत्केरी व्यथा लागेपनि सोमबारसम्म सुत्केरी हुन नसक्दा लामाको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको थियो। तयसपछि जिल्ला प्रशासन कार्यालयको पहलमा हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय मुगुुले जनाएको छ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्र्तगत कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा रहेको र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा गर्भवती लामाको उद्धार गरी सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए।

आइतवार विहानदेखि सुत्केरी व्यथा लागे पनि सोमबार अपरान्हसम्म पनि सुत्केरी हुन नसकेपछि प्रसुति गृहमा कार्यरत स्वास्थ्य कर्मिले जिल्ला अस्पताललाई जानकारी गराएको र जिल्ला अस्पतालका चिकित्सकको सल्लाहमा रेफर गरिएको स्थानीयवासी स्वास्थ्य चौकी पुलुका ईन्चार्ज गुरु छोर्देन लामाले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयको तथ्याकं अनुसार गएको वैशाखदेखि हालसम्म पाँच जना महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *