प्रचण्डकी नातिनी स्मिताको गीत ’चिटिक्कै परि बस’मा सरोज र आश्माको रोमान्स

डिसी नेपाल
१८ कार्तिक २०७६ १९:४३

काठमाडौँ । ’कार्टुञ्ज क्रु’ले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । टंक बुढाथोकी र स्मिता दाहालको स्वर रहेको गीतको भिडियोमा काटुञ्ज क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा र दिपिका कार्की देखिएका छन् ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गितमा दीपक शर्माको संगीत, उदयराज पौडेलको ऐरेन्ज तथा श्याम स्वेत रसाईलीको मिक्सींग रहेको छ । गीतको भिडियो कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् भने सरोज ओलीको निर्देशन, नवराज उप्रतिको छाँयाकन रेनिश फागोको रङ संयोजन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

गायिका स्मिता दाहाल पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन् ।

भिडियो : 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *