२२ वर्षपछि प्रकाउ परे धादिङका चन्द्रबहादुर

डिसी नेपाल
१९ कार्तिक २०७६ १६:५७

धादिङ । धादिङमा २२ वर्षपछि कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका ३ स्थित बस्ने पेम्बा दोर्जे तामाङलाई ज्यान मार्ने उद्याेकमा सोही ठाउँका ३ जनाले कुटपिट गरेपछि उनीहरुविरुद्ध उजुरी परेको थियो।

स्थानीय चन्द्र बहादुर तामाङ‚ मैते तामाङ र धने तामाङविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा २०६९ सालमा ज्यान मार्ने उधोग शीर्षकमा मुद्दा दर्ता भई धादिङ जिल्ला अदालतले १०/१० वर्षको कैद सजायको फैसला गरेको थियो।

सोही बेलादेखि फरार सूचीमा रहेका चन्द्र बहादुर तामाङलाई सोमबार पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित धादिङ जिल्ला अदालत समक्ष पेश गरेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *