अर्घाखाँची कार दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको पहिचान खुल्यो, घाईतेको उपचार हुँदै

डिसी नेपाल
२० कार्तिक २०७६ १२:१९

अर्घाखाँची । सन्धिखर्कको नरपानीमा कार दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ ।

गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा बुधबार मध्यान्ह सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा रुपन्देहीको मुर्घिया निवासी ७० वर्षीया दुर्गादेवी खड्का, ४० वर्षीय भक्त बहादुर खड्का र ४३ वर्षीय तिलक बहादुर खड्का रहेका छन् । कार चालक गंगाबहादुर खड्का र विनोद खड्का घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *