कास्की-२ मा खेमराज पाैडेल कांग्रेसका उम्मेद्वार
काठमाडौं। केन्द्रीय सदस्य धनराज गुरुङले स्थानीय नेतालाई उम्मेद्वार बनाउनु पर्ने भन्दै आफू निर्वाचनमा नउठ्ने जनाएपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कास्की–२ बाट खेमराज पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले पुराना नेता पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको हो।
कास्कीमा कांग्रेसका अभिभावक समेत भनिने पौडेल प्रतिबन्धित अवस्थादेखि कांग्रेसका सक्रिय सदस्य हुन्। लामो समय शिक्षक पेशामा संलग्न पौडेललाई कास्की क्षेत्र नम्बर दुईबाट उम्मेद्वार बनाउने भन्दै २०४८ सालमा राजीनामा दिन लगाइएको थियो। तर पछि उनको ठाउँमा शुक्रराज शर्मालाई उम्मेद्वार बनाएको थियो। शर्मा पनि तत्कालीन एमाले उम्मेद्वार तुलबहादुर गुरुङसँग पराजित भएका थिए।
‘विपी र किशुनजीका अनुयायी र सागदी जीवन बिताउँदै आएको थापा पाएपछि सभापतिजीले उहाँलाई नै टिकट दिने निर्णय गर्नु भएकाे हाे,’ एक नेताले भने।
सर्वस्वीकार्य र आदर्शवादी व्यक्ति भएका कारण पौडेललाई टिकक दिँदा विवाद नहुने र सबैले सहयोग गर्ने देखिएपछि पौडेललाई टिकट दिइएकाे कांग्रेस स्रोतले जनाएको छ।
सो क्षेत्रबाट निर्वाचित नेकपा सांसद एवं तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएकाले सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। उक्त क्षेत्रमा सम्पूर्ण शक्ति लगाएर जित हासिल गर्ने लक्ष्य कांग्रेसले बनाएको छ।
याे पनि पढ्नुस्
कास्की दुईमा खेमराज पौडेललाई उम्मेद्वार बनाउने तयारी
No ads found for this position

डिसी नेपाल
Facebook Comment