भारतीय नक्साको सुर्खेतमा पनि विरोध प्रर्दशन

डिसी नेपाल
२२ कार्तिक २०७६ १९:३८

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ने.क.पा क्रान्तिकारि माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले विरोध र्यालीसहित कोणसभा गरेको छ ।

नेपाली भू–भागलाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेकोले देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले शुक्रबार व्यापक विरोध सुरु गरेको हो ।

ने.क.पा क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका कार्यकर्ताले कालापानी हाम्रो हो, लिपुलेक हाम्रो हो भारतीय विस्तारवाद मुर्दावाद लगायतका नारा लगाउँदै स्थानीय वीरेन्द्रचोकमा कोणसभाको आयोजना समेत गरेका छन् । कोणसभामा बोल्दैे भारतले मिचेको भूमि फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

गणेशचोक, नेताचोक तथा बुद्दपथ चोक हुदै विरेन्द्रचोकमा पुगेर कोण सभा टुग्याएको थियो । र्याली बजार परिक्रमापछि आयोजित कोषसभामा बोल्दै देशभक्त जनगगणतान्त्रिक मोचाका कर्णा्लि प्रदेश सचिव तथा केन्द्रीय सदस्य सिपी शर्माले राष्ट्रिय स्वाधीनताका लागि रगतको खोलो बगाउन हामी तयार रहेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *