अदालतले ३४० जरिवाना तोकेका वन मुद्दाका फरार प्रतिवादी २९ वर्षपछि पक्राउ
सांकेतीक तस्वीर-
बारा । वन मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका २ बस्ने ५० वर्षीय रुस्तम लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
वन मुद्दामा नारायणी अञ्चल अदालतको २०४७ फागुन ८ गतेको फैसलाले २ महिना कैद र ३ सय ४० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी पक्राउ गरेको हो।
लामालाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment