भृकुटीमण्डपमा जुत्ताचप्पल एक्स्पो
काठमाडौँ । मुलुकको समग्र मागको ६० प्रतिशत जुत्ता स्वदेशी उत्पादनले धानेको छ। आगामी वर्ष ८० प्रतिशत नेपाली जुत्ताले ओगट्ने अपेक्षा लिइएको छ। जाडो मौसमलाई लक्षित गरी ‘विन्टर फुटवेयर बिजनेस एक्स्पो’ शुरु गरिएको छ।
जुत्ताचप्पल उत्पादक तीन उद्योग मिलेर शुक्रबारदेखि आगामी मङ्सिर ५ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने उक्त एक्स्पोमा बिएफ डियर हिल सुज, रन सुज, शिखर सुजका जुत्ताचप्पल रहेका छन्।
एक्स्पोको उद्घाटन गर्दै प्रदेश ३ का आर्थिक मामिला एवं योजनामन्त्री कैलाश ढुङ्गेलले देशको विकासका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुनेहुँदा व्यवसायमैत्री वातावरण बनाइने प्रतिबद्धता व्यक्त गरे ।
हरेक वर्ष नेपाली जनताको मागअनुसार जुत्ताको उत्पादन वृद्धि हुँदै गएकामा खुशी व्यक्त गर्दै आफ्नो प्रदेशका कर्मचारीलाई स्वदेशी उत्पादनका लागि प्रेरित गरिने बताए।
शिखर सुज कम्पनीका अध्यक्ष रामकृष्ण प्रसाईंले उपभोक्तालाई चर्चित ब्राण्डका न्यानो खालका जुत्ता एउटै छानोमुनि सस्तोमा किन्ने सो मेला अभूतपूर्व अवसर हुने बताए । उनले मेलामा ७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध गराइएको बताए ।
बिएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले जाडोमा जुत्ताचप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको बताए ।
मेलामा विवाहका मौसमलाई लक्षित थरीथरीका पार्टीसुजसमेत उपलब्ध गराइएको छ। मेलामा रु २५० देखिका चप्पल तथा रु ५०० देखि जुत्ता उपलब्ध हुनेछन्।
मेलामा पार्टी, स्पोर्टस्, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गमबुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन्। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment