बुलबुल आँधी: विपद् आउनुअघि हजारौँलाई सुरक्षित स्थानमा जान आग्रह

डिसी नेपाल
२३ कार्तिक २०७६ १६:५८

ढाका (बीबीसी)। समुद्री आँधी बुलबुलबाट बच्न बाङ्लादेशका अधिकारीले एक लाख मानिसलाई सुरक्षित स्थानमा जान आदेश दिएका छन्। शनिवार साँझ बाङ्लादेशको तटीय क्षेत्र आइपुग्ने अनुमान गरिएको आँधीले सात फिट अग्लो छाल ल्याउने ठानिएको छ। समुन्द्री सतहभन्दा तल रहेका करिब एक दर्जन तटीय जिल्लाहरू उक्त आँधीको बाटोमा पर्ने बताइएको छ। समुद्री बन्दरगाहरू मोङ्ला र चित्तगङलाई उच्च सतर्कतामा राखिएको छ।

बुलबुलले सुन्दरवन नजिकै जमिनमा प्रहार गर्ने ठानिएको छ जुन संसारकै प्रख्यात जङ्गल हो जहाँ खतरामा परेका बाघ प्रजाती बेङ्गल टाइगरको बसोबास छ। बाङ्लादेशको मौसम विभागका अनुसार यो आँधी करिब १२० किलोमिटर प्रतिघण्टाका दरले हावा चल्नेछ र समुन्द्रमा उच्च छाल आउनेछ। हजारौँ स्वयंसेवीहरू घरघरै पुगेर आँधीबारे सतर्क गराइरहेका छन्।

बाङ्लादेशमा यसअघि पनि आँधी आउँदा हजारौँ मानिसले ज्यान गुमाएका थिए तर पछिल्ला वर्षहरूमा पूर्व तयारी गर्दा ज्यान गुमाउनेको सङ्ख्या निकै घट्न पुगेको छ। आँधीको पूर्वसूचना प्रणालीमा सुधार गरिएको छ जसले अधिकारीहरूलाई मानिसहरू प्रभावित हुने ठाउँबाट हटाउन समय मिल्ने गरेको छ। आँधीबाट प्रभावित हुनेहरूका लागि शिविरहरू पनि बनाइएको छ। स्थानीय अधिकारीहरूले शिविर बाहेक विद्यालय भवन र मस्जिदलाई पनि मानिसहरू उद्दार गरेर राख्ने ठाउँका रूपमा प्रयोग गर्न आदेश दिइएको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *