सर्वपक्षीय बैठकबाट बाहिरिए बाबुराम, कुटनीति रुपमा पहल गर्न सुझाव दिएको जानकारी
काठमाडौं। भारतले नयाँ जारी गरेको विवादित नक्सामा नेपालको भूमि परेको विषयमा समान धारणा बनाउन भन्दै प्रधानमन्त्री केपी ओलीले शनिबार बोलाएको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा जारी छ।
बैठकबाट केही नेताहरु भने बाहिरिएका छन्। बैठकमा सहभागी समाजवादी पार्टीका संघीय परिषद् संयोजक डा. बाबुराम भट्टराई बैठकबाट बाहिरिएका छन्। सञ्चारकर्मीहरुलाई संक्षिप्त जानकारी दिँदै उनले प्रधानमन्त्री ओलीलाई तीनवटा सुझाव दिएको बताए।
उनले सीमा विवाद सल्ट्याउन हाल सक्रिय रहेको सचिव स्तरीय सँयुक्त आयोगले गर्न नसक्ने भन्दै राजनीतिक आयोग बनाउनु पर्ने सुझाव दिएको बताए। उनले यो विषयमा कुटनीतिक रुपमै समधान गर्नुपर्ने र प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसँग कुरा गर्नुपर्ने बताएका छन्।
उनले भारत र नेपालबीच गठन गरिएको प्रवुद्ध व्यक्तिहरुको समूह ईपीजीबाट पनि यो विषयमा समधान गर्न सकिन्छ भने त्यतातर्फ पनि सोच्नुपर्ने बताएका छन्।
बैठकबाट राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका नेता डा. प्रकाशचन्द्र लोहनी भने बाहिरिएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment