अष्ट्रेलियामा डढेलोमा परी तीनको मृत्यु, १५० घरमा पूर्ण क्षति

डिसी नेपाल
२४ कार्तिक २०७६ ६:०९

बोबिन, अष्ट्रेलिया । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १५० घरमा पूर्ण क्षति भएको त्यहाँका अधिकारीहरूले बताएका छन्।

आगलागीका कारण हजारौँ नागरिक विस्थापित भएका बताइएको छ। वस्ती वरपर लागेको डढेलोका कारण सामुद्रिक शहर फोस्टर र बोबिनमा तातो हावा र धुवाँका कारण दर्जनौ व्यक्ति विरामी परेका बताइएको छ।

सवैस्थलमा अग्नि नियन्त्रक तथा उद्धार टोली पुग्न कठिनाई भएको बताइएको छ। घटनामा आगोले जलेका केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको र मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ।

डढेलो ग्रामिण बजाररहेको वस्तीमा पसेपछि भएको हताहतीको पूर्ण विवरण आउन अझै बाँकी रहेको छ। प्रारम्भिक जानकारीमा करिब १५० घरधुरी खरानीमा परिणत भएका छन्।

उक्त क्षेत्रमा करिब १०० स्थानमा लागेको डढेलो निभाउनका लागि एक हजार ३०० अग्नि नियन्त्रक टोली पठाइएको र आवश्यकता अनुसार सेनालाई पनि सहयोगका लागि आग्रह गर्न लागिएको अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बताएका छन् ।

घटनापछि कैयौँ व्यक्ति हराएका छन् भने स्थानीय सयौँ व्यक्तिले डढेलो नियन्त्रणका लागि स्वयम्सेवकका रूपमा निरन्तर काम गरिरहेका छन्।

शनिबार हावाहुरी केही कम भएका कारण डढेलो नियन्त्रणमा केही सहजता मिलेको बताइएको छ। डढेलो करिब एक हजार किलोमिटर क्षेत्रमा फैलिएको रिपोर्टहरूमा उल्लेख छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *