कर्मचारीले राम्रो काम गरेपछि खुट्टा धोएर सम्मान गरियो

डिसी नेपाल
२४ कार्तिक २०७६ ८:१०

काठमाडौं। चीनको एक कस्मेटिक कम्पनीका दुई अधिकृतले आफ्नो कम्पनीका आठ जना कर्मचारीले राम्रो काम गरेको भन्दै खुट्टा धोएर सम्मान गरेका छन्। कस्मेटिक कम्पनीका अध्यक्ष र एक महिला अधिकारीले दुई नोभेम्बरमा सम्मानित गरेका थिए। यो सम्मान कार्यक्रममा दुई महिला अधिकारीले हात जोडेर अन्य कर्मचारीलाई अभिनन्दन गरेका थिए।

यो कार्यक्रमको भिडियो यतिबेला समाजिक संजालमा भाइरल भइरहेको छ। उक्त कम्पनीका अध्यक्षले कर्मचारीको जुत्ता खोलेर उनीहरुको खुट्टा धोइरहेको देखिएको छ। ती कर्मचारीले कम्पनीले तय गरेको लक्ष्य भन्दा धेरै सामान बिक्री गरेका थिए। जसका कारण कम्पनीलाई धेरै फाइदा भयो।

कम्पनीका अनुसार कर्मचारीलाई अवार्ड अफ दि इयर सबै दिइन्छ र यो कर्मचारीलाई हौसला बनाउनका लागि गरिएको हो।
यो भिडियोप्रति चीनको सामाजिक संजालमा मिश्रित प्रतिक्रिया जनाइएको छ। केही मानिसहरुले कम्पनीको प्रयासलाई प्रसंसा गरेका छन् भने केही कर्मचारीको खुट्टा धुनु भन्दा उनीहरुको तलब बढाउँदा राम्रो हुने सुझाव पनि दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *