भरतपुरमा स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु

डिसी नेपाल
२४ कार्तिक २०७६ ८:१९

चितवन । भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा आज बिहान स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ।

स्कुटरमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घाइते हुनेमा रत्ननगर नगरपालिका–६ की २० वर्षीया पुजा सुनार हुन् ।

प्रहरीका अनुसार गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५९प ३३७० नंको स्कुटर तेह्रसालचोकमा अनियन्त्रित भई पल्टिएको थियो।

स्कुटर पल्टिएसँगै घाइते तामाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। पछाडि सवार घाइते सुनारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटना बिहान ३ः५० बजे भएको थियो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *