थाइल्याण्डमा सात जना विद्रोही लडाकू गिरफ्तार
बैंकक । थाइल्याण्डको दक्षिणी क्षेत्रमा आमहत्यामा संलग्न रहेको आरोपमा सात जना विद्रोही लडाकूलाई गिरफ्तार गरिएको थाई सेनाले जनाएको छ।
थाई सेना र प्रहरीको संयुक्त गोप्य कारबाहीमा शुक्रबार राति उनीहरु पक्राउ परेका परेका हुन् । थाइल्याण्डका उपप्रधानमन्त्री जनरल प्रवित वोङसुआनले याला प्रान्तमा विद्रोहीको आक्रमणमा १५ जना सर्वसाधारण नागरिकको ज्यान गएपछि सुरक्षाफौजले कारबाही अगाडि बढाएको जानकारी दिए ।
स्वायत्तताको माग राखी याला प्रान्तमा वर्षौंदेखि सशस्त्र विद्रोह चलिरहेको छ। पछिल्लो सैन्य कारबाहीका क्रममा शंकास्पद १३ जना विद्रोही पक्राउ परिसकेको सेनाले जनाएको छ।
सैनिक प्रवक्ता प्रमोत प्रोमिनले आमहत्यामा कम्तीमा ३० देखि ४० जना संलग्न रहेकाले अन्यको खोजी व्यापक बनाइएको बताए ।
उक्त आक्रमणका बारेमा कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन्। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment