अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल, सरकार भने मौन

डिसी नेपाल
२४ कार्तिक २०७६ १८:५२

काठमाडौं। चिकित्सा शिक्षा सम्बन्धि विभिन्न माग राखी आमरण अनशन बसेका अभियन्ता डा. गोविन्द कसीको स्वास्थय अवस्था विग्रिएको छ। अनशन बसेको आइतबार सातौं दिन उनको स्वास्थ्य अवस्था खस्कँदै गएको डडेल्धुरा अस्पतालले जनाएको छ।

डा. केसी १७ औं आमरण अनशनका लागि डडेल्धुरा पुगेका छन्। अनशन बसेका केसीको ज्यान नै जोखिममा परे पनि सरकारले भने उनको माग पूरा गर्नेतर्फ कुनै ध्यान दिएको छैन।

आइतबार डडेल्धुरा अस्पतालले एक विज्ञप्ति जारी गर्दै अनशनरत केसीको स्वास्थ्य निकै खराब बनेको र उनलाई डडेलधुरा अस्पतालमा उपचार गर्न नसकिने जनाएको छ।

डा. केसीको मुटुको धड्कन घटेको, मिर्गौलामा समस्या देखिएको र शरीर पनि कमजोर बन्दै गएको जनाएको छ। अस्पतालले डा. केसीको स्वास्थ्य अवस्थाअनुसार सघन कक्षमा राखेर उपचार गर्नुपर्ने भए पनि सो अस्पतालमा सो सुविधा र दक्ष जनशक्ति नभएको जनाएको छ।

अस्पतालले डा. केसीको उपचार गराउन नसक्ने भन्दै जिल्ला बाहिर लैजान सिफारिससमेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *