अमेरिकी प्रतिवेदनको विप्लपद्वारा कडा जवाफ, ओली सरकार अमेरिकी टट्टु भएको आरोप

डिसी नेपाल
२४ कार्तिक २०७६ २०:००

काठमाडौं। अमेरिकाले हालै एक प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा अन्तर्राष्ट्रिय आतंकवादीको आश्रयस्थल रहेको बताएपछि नेक्रविक्रम चन्द विप्लपले उसलाई कडा जवाफ फर्काएका छन्। आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उनले अमेरिकाले सार्वजनिक गरेको प्रतिवेदन नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप भन्दै उसको प्रतिवेदन पूर्ण रुपमा खारेज गरिएको बताएका छन्।

उनले अमेरिकाले नेपालबारे भ्रामक प्रतिवेदन दिएर नेपाललाई अन्तर्राष्ट्रियजगतमा बेइज्जत गर्दा पनि नेपाल सरकारले कुनै प्रतिक्रिया नदिएको भन्दै आपत्ति प्रकट गरेका छन्। उनले वर्तमान नेपका अध्यक्ष केपी ओलीको सरकारलाई अमेरिकी सरकारको टट्टु भएको आरोपमेत लगाएका छन्।

उनले अमेरिकाले भने जस्तो आफ्नो पार्टीले विरगञ्जस्थित भारतीय कन्सुलेट कार्यालय र पोखरा विमान स्थलमा आक्रमण नगरेकोसमेत बताएका छन्।

हालै अमेरिकाको विदेश मन्त्रालयले प्रतिआतंकवाद सम्बन्धी एक प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा आतंकवादी भनिने विप्लव समूहले विरगञ्जथित भारतीय कन्सुलेट कार्यालयमा बम विस्फोट गराएको बताएको थियो। यस्तै नेपालको सुरक्षा व्यवस्था कमजोर रहेको भन्दै अन्तर्राष्ट्रिय आतंकवादीको आश्रयस्थल रहेको बताएको छ।

अमेरिकाको सो प्रतिवेदनको जवाफा दिँदै नेकपाका महासचिब विप्लवले आफ्नो पार्टी कुनै पनि प्रकारको आतंकवादमा विश्वास नगर्ने भन्दै अमेरिकाले नै विश्वभरी अशान्ति फैलाएको बताएका छन्। उनले आफ्नो पार्टी वैज्ञानिक समाजवादका लागि जस्तोसुकै पनि संघर्ष गर्न तयार रहेको भन्दै जनतालाई चोट पुग्ने कुनै पनि गतिविधि नगर्ने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *