लिबियाबाट २०० अवैध आप्रवासी फिर्ता

डिसी नेपाल
२५ कार्तिक २०७६ ६:१७

त्रिपोली । लिबियाको पूर्वी शहर बेंगाजीस्थित अध्यागमन विभागले झण्डै २०० जना अवैध आप्रवासीलाई इजिप्ट फर्काइएको जनाएको छ।

विभागका अनुसार फर्काइएका अवैध आप्रवासीमध्ये १९४ जना इजिप्टका नागरिक थिए । आधिकारिक कागजात नभएका उनीहरुमा संक्रामक रोग समेत देखिएको थियो।

अन्तर्राष्ट्रिय आप्रवास संगठनले हालैमात्र लिबियामा ६ लाख ५० हजार अवैध आप्रवासी रहेका र तीमध्ये करिब ६०० जनालाई थुनामा राखिएको जनाएको छ। थुनामा राखिएकामा महिला र बालबालिका पनि छन्।

युरोप प्रवेश गर्न चाहने हजारौं आप्रवासी लिबियाको मार्ग प्रयोग गर्दछन् । यी अवैध आप्रवासीमध्ये अधिकांश अफ्रिकी मूलका व्यक्तिहरु रहने गरेका छन्।

तर लिबियामा जारी असुरक्षा र अव्यवस्थाका कारण आप्रवासीमाथि आक्रमण पनि हुने गरेको छ।

अवैध आप्रवासीलाई राख्न बनाइएका अस्थायी शिविर पनि खचाखच भरिएका छन्। सन् २०११ मा लिबियाका नेता महमर गद्दाफीको शासन पतन भएपछि लिबियामा सुरक्षा व्यवस्था नाजूक छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *