‘हाउसफुल–४’को कमाइ २०० करोड नजिकै

डिसी नेपाल
२५ कार्तिक २०७६ १६:३१

मुम्बइ। वक्सअफिसमा अक्षयकुमार स्टारर ‘हाउसफुल–४’को कमाइ दुई सय करोड भारू नजिक पुगेको छ। सिनेमाले हालसम्म १९४.४८ करोड भारू कमाइसकेको भारतीय संचारमाध्यमले जनाएका छन्। सिनेमाले रिलिजको पहिलो साता १३५.८६ करोड भारू कमाएको थियो भने दोश्रो साता ४८.७५ करोड भारू कमाएको थियो।

यसैगरी रिलिजको तेश्रो सातामा शुक्रबार सिनेमाले २ तथा शनिबार २.७५ करोड भारू कमाएको छ। सिनेमाले यसै साताको अन्त्यसम्म वा नभए अर्को साताको सुरूवातमा २०० करोड भारूको आँकडा पार गर्ने अनुमान गरिएको छ। सिनेमा २५ अक्टुबरमा रिलिज भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *