युवा–युवती अपहरण गरी बनाइयो अश्लील भिडियो, अनि प्रहरीले…
काठमाडौं। घरबाट घुम्न गएका युवायुवतीलाई अपहरण गरी अश्लील भिडियो बनाउने तीनजनालाई सोमबार दाङ प्रहरीले नियन्त्रण लिएको छ। उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
यही २३ कात्तिकमा दाङको तुलसीपुर–३, खमारीथित चमेरे गुफा घुमेर फर्कंदै गरेका एक युवा र एक युवतीलाई सोही ठाउँका बिमल वली, नवीन नेपाली र दुजबहादुर खत्रीले अपहरण गरेका थिए।
उनीहरूलाई अपहरण गरेपछि कुटपिट गरिएको र डरत्रास देखाएर अश्लील भिडियो बनाइएको प्रहरीले जनाएको छ।
मोबाइल, पर्स लगायत युवायुवतीसँग भएका अन्य सामग्री लुटेपछि थप पाँच लाख रूपैयाँ नदिए भिडियो सामाजिक सञ्जालमा पोष्ट गरिदिने धम्की उनीहरूले दिएका थिए।
सोमबार बिहान करीब साढे ७ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न तीनैजनालाई नियन्त्रणमा लिएको छ।
दाङ प्रहरीले विज्ञप्ति प्रकाशित गरी पक्राउ गर्न खोज्दा भागेका उनीहरूलाई दुई राउण्ड हवाई फायर गरी नियन्त्रणमा लिइएको जनाएको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment