दुर्लभ चराहरुको कडा प्रतिस्पर्धामा परेवालाई पछि पार्दै पेन्गुइनले जित्यो ‘वर्षको चरा’ उपाधि
बीबीसी । पहेँलो आँखा भएको दुर्लभ पेन्गुइनले न्यूजील्यान्डको प्रतिष्ठित वर्षको चरा उपाधि जितेको छ।
पाँचभन्दा धेरै अन्य चराहरूलाई पछाडि पार्दै दुई हप्ता लामो प्रतिस्पर्धात्मक अभियानपछि होइहो १४ वर्षे इतिहास भएको उपाधि जित्ने पहिलो पेन्गुइन बनेको हो।
न्यूजील्यान्डमा २२५ जोडा मात्रै बाँकि रहेको मानिएको होइहो संसारकै सबैभन्दा दुर्लभ पेन्गुइन मानिन्छ। विज्ञहरूका अनुसार होइहो समागमको बेला तीखो स्वरमा चिच्याउने असामाजिक चरा हो।
यसले खसेका ४३,४६० मध्ये १२,०२२ मत प्राप्त गरेको वर्षको चरा उपाधिका आयोजकहरूले बताएका छन्। आयोजक फरेस्ट एन्ड बर्डले होइहोले काकापो र गत वर्षको विजेता केरेरुलाई पछाडि पारेर उपाधि जित्नु ठूलो अचम्म भएको बताएको छ।

‘दुर्लभ चराहरूबीच कडा प्रतिस्पर्धा थियो र विजेता अनुमान गर्न गार्हो थियो’ आयोजक संस्थाकी प्रवक्ता मेगान हब्स्चेरले बताइन्। न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा समेत सो उपाधिको चर्चा गरेकी छन्।
‘विजेता यो उपाधि जित्ने पहिलो समुन्द्री चरा भएकोले मलाई बधाई दिन मन लागेको छ,’ उनले सोमवार बताइन्। आर्डर्नले यो जीतले उनले लामो समयदेखि समर्थन गर्दै आएको ब्ल्याक पेट्रेल चराले भविष्यमा उपाधि जित्नका लागि बाटो खोलेको बताइन्।
यो उपाधि गत वर्ष केकेरु नामक परेवा र सन् २०१७ मा सुगा जातको केयाले जितेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment