‘बुलबुल’का ‘चोपेन्द्र’ अब ‘अन्तरे’मा

डिसी नेपाल
२६ कार्तिक २०७६ १२:४७

काठमाण्डौं। यसअघि फिल्म ‘बुलबुल’मा ‘चोपेन्द्र’को भूमिकामा अभिनय गरेर चर्चा कमाएका अभिनेता मुकुन भुषालले नयाँ फिल्ममा अभिनय गर्ने भएका छन्।

मुकुनले सत्यराज चौलागाईंले निर्देशन गर्ने ‘अन्तरे’मा प्रमूख भूमिकामा अभिनय गर्ने भएका हुन्। आफू यसै साता उक्त फिल्ममा आवद्द भएको भुषालले बताए।

उनले फिल्मको कथा, आफ्नो समय र टीम दुबै मिलेका कारण फिल्म खेल्न लागेको बताए।

‘फिल्मको मूख्य पात्र अन्तरे हो। उसको भूमिका बलियो छ। बुलबुलबाट मैले पाएको माया दर्शकबाट नमरोस् भनेर मैले धेरै स्क्रिप्ट पढिरहेको थिएँ। त्यहि बिचमा यो फिल्म पाएँ। मैले जे खोजेको थिएँ त्यहि यसमा पाएँ’ मुकुनले भने, –‘मैले मेरो आफ्नो पात्र मात्र हेरिन, पुरै स्क्रिप्ट पढेँ । स्क्रिप्टमा जे लेखिएको छ पुरै फिल्ममा देखाउन सकिनेगरि लेखिएको छ। समग्रमा ‘अन्तरे’ नेपालमा चाहिएको जस्तै फिल्म बन्नेछ’।

फिल्म चरित्रात्मक भएकोले त्यही किसिमको चरित्र निर्वाह गर्ने अन्य कलाकारहरु छनोटको काम भइरहेको निर्देशक चौलागाईँले बताए।

रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा राज पण्डित र सुबास राईले लगानी गर्दैछन्। फागुनको पहिलो साता फ्लोरमा जाने तयारी गरिरहेको निर्माता राज पण्डितले बताउँछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *