एउटै फिल्ममा काम गरिरहेका अक्षय कुमार र रोहित शेट्टीको भिडन्त

डिसी नेपाल
२७ कार्तिक २०७६ १०:४५

मुम्बई । बलिवुड अभिनेता अक्षयकुमार अहिले नयाँ फिल्म सुर्यबंशीको शुटिंगमा व्यस्त रहेका छन् । फिल्मलाई चर्चित निर्देशक रोहित शेट्टीले निर्देशन गरेका छन् । फिल्ममा अक्षयसँग अभिनेत्री कट्रिना कैफ मुख्य भूमिकामा रहेका छन् । मंगलबार अक्षय र निर्देशक रोहित भिडेको एक भिडियो अक्षयकुमार आफैले सार्वजनिक गरेका छन् । जुन सामाजिक संजाल र मिडियामा चर्चाको विषय बनेको छ ।

भिडियोमा दुवै जना एक अर्काविरुद्ध जाई लागेका छन् र उनीहरुको बचाउमा प्रहरीसमेत आएको देखाइएको छ । खासमा यस्तो भिडियो जारी गर्नुमा मिडियामा निर्देशक रोहित र अभिनेता अक्षयकुमारबीच फिल्मको स्क्रिप्टको विषयमा झगडा भएको भन्ने रिपोर्ट आएपछि सो रिपोर्टलाई काउन्टर दिन दुवैले आफुहरु लडेको भिडियो बनाएर सामाजिक संजालमा पोष्ट गरेका हुन् ।

भिडियो बनाउन अभिनेत्री कट्रिना कैफले समेत साथ दिएकी छन् । कट्रिनाले मिडिया रिपोर्टको क्लिप देखाउना साथ अक्षय र रोहित एक अर्कामाथि जाइलागेको र उनीहरुको बचाउमा प्रहरीसहित अन्य मानिसहरु आएको देखाइएको छ । अक्षयले सो भिडियो सार्वजनिक गर्दै ‘ब्रेकिङ न्युज- एउटा यस्तो झगडा जसले तपाइको दिन बनाउन सक्छ’ भन्दै सो भिडियो पोस्ट गरेका छन् ।

विषय जे भएपनि फिल्म निर्माणकै क्रममा फिल्मले भने राम्रो पब्लिसिटी पाएको छ । फिल्मलाई करण जोहर र रोहित शेट्टीले निर्माण गरेका हुन् । फिल्म आगामी मार्च २७ मा रिलिज हुदै छ । फिल्मको एक सिनमा अजय देवगन र रणवीर सिंह समेत देखिदै छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *