बेरोजगार युवाको कथामा ‘१२ सत्ताईस’, यस्तो बन्यो ट्रेलर
काठमाडौं। नेपाली फिल्म ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक गरिएको छ।
सार्वजनिक ट्रेलरमा ३ बेरोजगार युवाहरुले पैसा कमाउनको लागि छल गर्ने कथालाई कमेडी फ्लेबरमा देखाइएको छ।
जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्म मंसिर २७ गतेदेखि प्रदर्शनमा आउँदैछ। फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोन राज उप्रेती, भिष्म जोशी, अस्मिता खनाल, बिना कार्की लगायतका कलाकारहरुको अभिनय छ।
ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मलाई रेणु राना, दिपक खतिवडा र रुपक थापाले निर्माण गरेका हुन्।
निर्देशक जोन योञ्जनकै कथा रहेको फिल्ममा दिपक आर्जेको संगीत रहेको छ। अनिष स्याङ्गदेनले खिचेको फिल्म सम्पादनको जिम्मा कृष्ण भण्डारीले लिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment