सागका लागि क्रिकेट टिम घोषणा, पारस र सन्दीपको कमब्याक

डिसी नेपाल
२८ कार्तिक २०७६ २१:३३

काठमाडौं। आगामी डिसेम्बर १ देखि १० सम्म नेपालमा हुने दक्षिण एशियाली खेलकुद (साग)का लागि बिहीबार नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएको छ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरिएको हो। टिममा पूर्व कप्तान अलराउण्डर पारस खड्का र लेग स्पीनर सन्दीप लामिछाने पनि समेटिएका छन्। हाल पारस र सन्दीप टि टेन लिग खेल्न यूएईमा छन्।

त्यसैले यी दुई महत्वपूर्ण खेलाडी बाहेकको नेपाली टिम यतिबेला बंगलादेशमा जारी एसीसी इमर्जिंग टिम्स कप खेल्न बंगलादेशमा छ। दुई महत्वपूर्ण खेलाडी बिना नै प्रतियोगिता खेलिरहेको नेपाल बिहीबार भारतको यू २३ टिमसँग पराजित भएको छ।

सागका लागि जारी टिममा कप्तान मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, पारस खड्का, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, बिनोद भण्डारी, अभिनाष बोहोरा, सुशान भारी, कुसल भुर्तेल, सन्दीप जोरा, आरिफ शेख, पवन सर्राफ, ललितनारायण राजवंशी र राशिद खान छन्।
यस्तै भीम सार्की, रोहित पौडेल र सागर ढकाल रिजर्भ खेलाडीका रुपमा समावेस गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *