‘मिस्टर नेपाली’ प्रदर्शनमा, चम्किएलान त साहिल र कुसुम ?
काठमाडौं। फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि नेपाली फिल्म ‘मिस्टर नेपाली’ प्रदर्शनमा आएको छ। देव भुषालको लेखन तथा निर्देशनमा बनेको फिल्मले राष्ट्रियताको कथा वाचन गर्छ।
देश तथा विदेश जहाँ रहेपछि आफ्नो भाषा, संस्कृति, संस्कार र गाउँठाउँलाई नभूलौं र आफ्ना सन्ततिलाई पनि भूल्न नदिऔं भन्ने कथालाई फिल्मले उठान गरेको निर्देशक भुषाल बताउँछन्।
प्रेमराज दाहालको लगानि रहेको फिल्ममा भुवन केसी, साहिल श्रेष्ठ, कुसुम राउत, रवि डंगोल, बिष्णु सापकोटा, कमलमणि नेपाल, रीमा विश्वकर्मा लगायतका कलाकारहरुको अभिनय छ।

भुवनको अभिनय रहेपनि फिल्म साहिल र कुसुमको वरिपरी घुमेको निर्माण पक्षले जनाएको छ। यी दुई नव–कलाकार हुन्। यसै फिल्ममार्फत साहिलले अभिनेताका रुपमा डेब्यू गर्दैछन भने कुसुमले अभिनेत्रीका रुपमा। दुवै नव कलाकार फिल्मलाई लिएर निकै उत्साहित छन्। राम्रो कथावस्तुमा फिल्म निर्माण भएको र आफूहरुले पनि कडा मेहनत गरेको कारण दर्शकले रुचाउने उनीहरुको विश्वास छ।
नयाँ कलाकारलाई डेब्यू फिल्म हिट हुन आवश्यक हुन्छ। ‘मिस्टर नेपाली’ सफल भएको खण्डमा साहिल र कुसुमको आगामी यात्रा सहज हुनेमा दुईमत छैन। तर, फिल्मले कस्तो प्रतिक्रिया पाउने हो ? त्यसका लागि प्रतिक्षा गर्नुको विकल्प छैन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment