प्रियंका र निकले किने २० मिलियन अमेरिकी डलर मूल्यको घर
एजेन्सी। प्रियंका चोपडा तथा निक जोनासले अमेरिकाको लस एन्जल्समा महँगो घर किनेका छन्। उनीहरूले २० मिलियन अमेरिकी डलर खर्चेर सो घर किनेका हुन्। यो मूल्य भनेको एक सय ४४ करोड भारू हो।
निक र प्रियंकाले किनेको घर करिब २० हजार स्क्वायर फुटमा फैलिएको छ। प्रियंकाको यस घरमा सात वटा सुत्ने कोठाको साथमा ११ वटा वाथरूम र पर्याप्त खुल्ला स्थान रहेको छ। सन् २०१८ मा विवाह गरेका निक र प्रियंकाको कमाइ क्रमशः २५ र २८ मिलियन डलर रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment