नेकपा र काँग्रेसका नेता बलात्कार आरोपमा जेल चलान

डिसी नेपाल
२९ कार्तिक २०७६ २०:०४

काठमाडौं । बलात्कार आरोपमा नेकपा र काँग्रेसका दुई युवा नेताहरु जेल चलान भएका छन्। नेकपा निकट युवा संघका नेता दाङका सन्देश शर्मा पोखरेल र काँग्रेस निकट विद्यार्थी संगठनका नेता नुवाकोटका ज्ञानेन्द्र गजुरेललाई जिल्ला अदालत ललितपुरले शुक्रबार पूर्पक्षका लागि जेल चलान गरेको हो।

दुबैजनालाई नख्खु कारकागार पठाइएको ललितपुर प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर, जावलाखेलले दुबै जनालाई गएको कात्तिक ३ पक्राउ गरेको थियो।

दुवै जनाले मिलेर २९ असोजमा ललितपुरमा १९ वर्षीय युवतीमाथि बलात्कार गरेको आरोप छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *