अनमोलले साइन गरे ‘ए मेरो हजुर ४’, सुहानासँगै जोडी बाँधिने

डिसी नेपाल
३० कार्तिक २०७६ १९:४९

काठमाडौं। अभिनेता अनमोल केसीले ‘ए मेरो हजुर ४’ साइन गरेका छन्। अनमोल र निर्माण पक्षबीच शनिबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

यो फिल्मलाई ‘ए मेरो हजुर ३’ निर्देशन गरेकी अभिनेत्री झरना थापाले निर्देशन गर्नेछिन्। फिल्ममा अनमोलले सुहाना थापासंग दोस्रो पटक जोडी बाँध्नेछन्।सुहाना झरनाकी छोरी हुन्। झरनाले आफ्नै निर्देशनमा छोरीलाई ‘ए मेरो हजुर ३’बाट नेपाली रजतपटमा डेब्यू गराएकी हुन्।

जुन फिल्ममा अनमोल–सुहानाको जोडीलाई दर्शकले अत्याधिक रुचाएका थिए। फिल्म हिट भएसंगै यसको चौथो श्रृंखला बन्न लागेको हो।

अनमोललाई अनुबन्ध गरिएपनि उनको पारिश्रमिक भने सार्वजनिक गरिएको छैन।

होम प्रोडक्सनबाट निर्माण हुने फिल्मलाई सुनिलकुमार थापाले निर्माण गर्नेछन्। फिल्मको छायांकन माघ २० देखि गर्ने निर्माण टिमको योजना छ। नेपाल, ओमान र हल्याण्डमा छायाँकन गर्ने बताईएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *