भीमफेदी कारागारबाट कैदी फरार
हेटौँडा । मकवानपुरको भीमफेदी कारागारबाट गएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका एक कैदी फरार भएका छन्। कारागार प्रशासनका अनुसार ३० वर्षका कुलदीपराज धामी फरार भएका हुन्।
कारागारका प्रमुख जेलर प्रकाश खनालले कैदीलाई भगाउन कसैको सहयोग रहेको आशङ्का गर्दै कारागार वरिपरि १२ फिटभन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैले सम्भव नरहेकाले अनुसन्धान भइरहेको जानकारी दिए ।
यद्यपि पर्खालको केही सानो भागमा ग्याप रहेको र त्यहाँ तार तानिएको भेटिएकाले धामी त्यहीबाट भागेको हुनसक्ने अनुमान रहेको उनले बताए ।
धामीको खोजीका लागि उनको स्थायी घर चितवन र पुरानो ठेगाना सुनसरीमा समेत ‘अर्लट’ गरिएको जेलर खनालले बताए ।
कारागारमा रहेका कैदीहरूको आन्तरिक प्रशासनले राति पौने १० बजे आफूलाई खबर गरेपछि तत्कालै खोजीकार्य अघि बढाइएको उनले जानकारी दिए ।
जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल तोकिएका धामीले पाँच वर्षदेखि सजाय काटिरहेका थिए। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment