नाइटक्लवमा खुलेर नाचे पूर्वराजा ज्ञानेन्द्र (भिडियो र फोटोहरुसहित)

डिसी नेपाल
२ मंसिर २०७६ १०:३७

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले एक नाइटक्लवमा खुलेर नाचेको भिडियो अहिले सामाजिक संजालमा चर्चामा छ । पूर्वराजा परिवारसहित ठमेलको एक नाइट क्लवमा पुगेर रमाएका थिए । सोही नाइट क्लवले आफ्नो सामाजिक संजालमार्फत सार्वजनिक गरेका तस्वीर र भिडियो चर्चामा आएका हुन् । पूर्वराजा परिवारका सदस्यसहित लर्ड अफ ड्रिंक्स (एलओडी) नामक नाइट क्लबमा पुगेका थिए ।

सार्वजनिक भएको भिडियोमा उनी त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका छन् । नाच्दानाच्दै उनले कोट फुकाल्छन् । सहभागीहरुलाई अंगालो हाल्छन्, सेल्फी खिच्छन् र रमाइलो गर्न हौस्याउँछन् । भिडियोमा पूर्वराजा ज्ञानेन्द्रसहित बुहारी हिमानी, छोरी प्रेरणा नाइट क्लबमा देखिन्छन् । नाइट क्लबमा पूर्वराजपरिवारका सदस्यहरु रमाइरहेका देखिन्छन् ।

कमल थापाले गरे प्रशंसा

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नाइट क्लब पुगेका ज्ञानेन्द्रको भिडियो ट्वीटरमा शेयर गर्दै प्रशंसा गरेका छन् । उनले लेखेका छन्, ‘राप्रपाले परिकल्पना गरेको राजासहितको लोकतन्त्रको एक उपमा । जनताको राजा, नागरिक राजा । जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने, जनताको साथमा रहने । संविधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतीक – राजसंस्था ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *