अभिनेता विपिन कार्कीलाई पुत्रीलाभ

डिसी नेपाल
२ मंसिर २०७६ १२:२८

काठमाडौं। अभिनेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ।

विपिनकी पत्नी रेश्मा कटुवालले सोमबार बिहान बल्खुको बयोधा अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्। आमा र छोरीको स्वास्थ्य स्थिती राम्रो भएको भन्दै विपिनले छोरीको आगमनले आफूहरुमा खुसी छाएको बताए।

विपिन र रेश्मा पाँच वर्षअघि बैवाहिक बन्धनमा बाँधिएका थिए। बिहे भएको पाँच वर्षपछि उनीहरुले पहिलो सन्तानका रुपमा छोरीको जन्म दिएका हुन्।

विपिन नेपाली फिल्मका व्यस्त र रुचाईएका अभिनेता हुन्। उनले हालैमात्र फिल्म ‘सेल्फी किङ्ग’को छायांकन सकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *