‘माछा माछा’ गीत : सौगातले सृष्टिलाई भन्दैछन् ‘म्याडम…’ [भिडियो]
काठमाडौं। नेपाली फिल्म ‘माछा माछा’मा समावेश ‘म्याडम म्याडम’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ। अनुपम शर्माको संगीत र स्वरमा तयार गीतमा प्रविण सिंहको कोरियोग्राफी छ।
भिडियोमा अभिनेत्री सृष्टि श्रेष्ठले आइटम नृत्य गरेकी छिन्। उनीसंगै फिल्मका प्रमुख पात्र अभिनेता सौगात मल्ल, विजय बराल र अनोज पाण्डे भिडियोमा देखिएका छन्। फिल्मलाई सुनिल गुरुङको लेखन तथा निर्देशन गरेका हुन्।
तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा रहेर यो फिल्म निर्माण गरिएको हो। फिल्ममा सौगात, विजय र अनोजका अलावा नम्रता श्रेष्ठ, माओत्से गुरुङ, सरिता गिरी, भोलाराज सापकोटा, प्रविण खतिवडा, पुष्कर गुरुङ, कमलमणी नेपाललगायतका कलाकारहरुको अभिनय छ।
गीत सार्वजनिकसँगै फिल्मको रिलिज डेट पनि फेरिएको छ। मंसीर २९ मा रिलिज हुने भनिएको फिल्म अब २० मा रिलिज हुनेछ।
सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘माछा माछा’लाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment