२०० प्रहरीले एकै पटक विवाहका लागि छुट्टी मागेपछि…
काठमाडौं। विवाहको सिजन सुरु भएपछि सरकारी अड्डाका कर्मचारीले विदा धेरै माग्ने गर्छन्। यसैबीच भारतको लखनउमा २०० प्रहरीले छुट्टीका लागि निवेदन दिएको विषय यतिबेला चर्चाको केन्द्रमा छ।
उनीहरु सबैले विवाह गर्नका लागि छुट्टी आवश्यक परेको बताएका छन्। लखउनका वरिष्ठ प्रहरी एसएसपीले विदाको आवेदनले कार्यलय भरिएको जनाए। छुट्टीको आवेदनसँगै विवाहको कार्ड पनि आएको उनले बताए। युपी प्रहरी प्रवक्ताले भने–प्रदेशको राजधानीको प्रत्येक प्रहरी स्टेशनमा दुई वा तीन आवेदन यस्ता आएका छन् जहाँ विवाह गर्ने उल्लेख गरिएको छ।’
ती मध्ये प्रहरी विभागमा कार्यरत २४ जोडीले यही सिजनमा विवाह गर्ने तयारी गरेका छन्। लखनउका एसएसपी कलानिधि नैथानीले विवाहका लागि उदारतापूर्वक छुट्टी दिएका छन्। जहाँ बेहुला र बेहुली प्रहरी विभागमै कार्यरत छन्। प्रहरी अधिकारी व्यक्तिगत रुपमा उक्त विवाह समारोहमा सहभागी हुनेछन्।
नैथानीका अनुसार सुरक्षा चिन्ता भएपनि कसैको व्यक्तिगत जीवनमा विवाह महत्वपूर्ण हुने भएकाले छुट्टी दिइएको हो। विवाहका लागि उनीहरुलाई एक महिनासम्मको छुट्टी दिने प्रचलन रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment