शाहरूखकी छोरी सुहानाको पहिलो फिल्म रिलिज
मुम्बइ। बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानको पहिलो फिल्म ‘द ग्रे पार्ट अफ ब्लू’ रिलिज भएको छ। सुहाना खानको यो छोटो फिल्मले निकै प्रशंसा बटुलेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। फिल्ममा सुहानाको अभिनयको पनि खुब तारिफ भइरहेको छ।
सुहाना खानले आफ्नो इन्स्टाग्राममा फिल्मको भिडिओ शेयर गर्दै आफ्नो पहिलो फिल्मको खुसीयाली मनाएकी छन्। छोटो फिल्म भए पनि यसको ‘क्रेज’ दर्शकमा निकै राम्रो परेको पनि सञ्चारमाध्यमहरूले जनाएका छन्।
मुख्य भूमिकामा देखिएकी सुहानाको यो पहिलो फिल्म उनकै कक्षाका साथीहरूले बनाएका हुन्। यो उनीहरूको ‘प्रोजेक्ट’ हो। केही समयअघि फिल्मको पोस्टर सुहानाकै समकक्षी थ्योडोर जिमीनोले आफ्नो इन्स्टाग्राममा शेयर गरेका थिए। बलिउड ‘बादशाह’की छोरी सुहानाको डेब्यू फिल्मका लागि प्रशंसकहरू निकै उत्साहजनक देखिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment