सागका लागि राष्ट्रिय टिमको तयारी पूरा

डिसी नेपाल
३ मंसिर २०७६ १७:०८

काठमाडौं । आसन्न १३ औ दक्षिण एसियाली खेलकुद (साग)मा सहभागि हुने खेलाडीको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मंगलबार पत्रकार सम्मेलन गरे मंसिर १५ देखी २४ गते सम्म नेपालमा आयोजना हुने खेलकुदमा नेपालले पदकका हिसावले सागलाई ऐतिहासिक सफल बनाउने दावी पनि गरेको छ ।

संयोजक रानाभाटले राखेपको लक्ष्य अनुरुप सागमा नेपालले ५० भन्दावढी स्वर्ण जित्नका लागि राम्रो तयारी गरेको बताए । सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले कुल ३१ स्वर्ण जितेको थियो ।

सागमा त्यतिबेला १२ खेल समावेश गरिएको थियो । रानाभाटका अनुसार सागमा नेपालले २८ खेलमा पुरुषतर्फ तीनसय १२, महिलामा दुई सय ८७ गरी कुल पाँचसय ९९ खेलाडीको सहभागिता रहनेछ ।

सागमा एक सय २३ प्रशिक्षक र ५० जना ब्यवस्थापकको पनि सहभागिता रहने छ । प्याराग्लाङडिङको सहभागिता लगभग सकिएको पनि रानाभाटले थपे । खेल र खेलाडीको अन्तिम सहभागिताको विषयमा नेपाल ओलम्पिक कमिटीले एक दुईदिनमा निक्र्योल गर्ने पत्रकार सम्मेलनमा जानकारी दिए ।

साग तयारीका लािग वैदेशिक प्रशिक्षणका लागि मात्र ४५ करोड रुपैयाँ छुट्याएको बताए । प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई पहिलो चरणमा जनही १४ सय, दोस्रो चरणको दुई हजार, तेस्रो चरणमा २२ सय र चौथो चरणमा २५ सय रुपैयाँ भत्ता उपलब्ध गराएको छ ।

त्यो विगतको भन्दा दोब्बर भएको पनि टिम तयारी समितिले जनाएको छ । मंसिर १४ गतेसम्म सञ्चालन हुने सागका खेलहरु काठमाडौं, पोखरा र जनकपुरका हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *