मुलुक आर्थिक समृद्धितर्फ अग्रसर : प्रचण्ड

डिसी नेपाल
३ मंसिर २०७६ २३:२९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक आर्थिक समृद्धितर्फ अघि बढिरहेको बताएका छन् ।

पश्चिम नवलपरासीको परासीमा आजदेखि सुरु भएको नवलपरासी औद्योगीक व्यापार मेला उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रसँग सहकार्य गरी सरकार अघि बढ्ने विश्वास दिलाए । पूर्वप्रधानमन्त्री प्रचण्डले अब देश आर्थिकसहित सबै क्षेत्रमा समृद्धितर्फ अघि बढिरहेको दाबी गरे ।

सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडा देश आर्थिक रुपमा विकासको गतिमा अघि बढिरहेको बताए । उनले निजी क्षेत्रसँग हातेमाले गर्न सरकार तत्पर रहेको बताए । महोत्सवमा कृषि, पर्यटन, व्यापार, सूचना प्रविधि अटोमोबाइल्यस गरी विभिन्न २०० वटा कक्ष रहनेछन् ।

यही मंसिर १५ गतेसम्म चल्ने महोत्सवको करिब एक लाख दर्शकले अवलोकन गर्ने र करिब पाँच करोड रुपैयाँ बराबरको आर्थिक करोवार हुने लक्ष्य लिएको आयोजक उद्योग वाणिज्य सङ्घ नवलपरासीले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *