ऋषि धमला पत्नी एलिजा जाडोको पर्वाह नगरी बिकिनीमा स्विमिङ पुलमा

डिसी नेपाल
४ मंसिर २०७६ ११:०७

काठमाडौं। नायिका एलिजा गौतमले जाडोको मौसममा स्विमिङ पुलमा बिकिनीमा फोटोसुट गरेर सामाजिक संजालमा तरंग ल्याएकी छिन् । सधैं चर्चामा रहिरहने पत्रकार ऋषि धमलाकी पत्नी भएका कारण उनको यो फोटोसुटको चर्चा अझै बढेको छ ।

एलिजाले बिकिनी अवतारको फोटोहरुलाई आफ्नो सामाजिक संजाल फेसबुकमा पोस्ट गरेकी छन् । क्यानडामा रहेकी एलिजाले फोटोहरु त्यहीँबाट शेयर गरेकी हुन् । एलिजाले ३ ओटा बिकिनी फोटो पोस्ट गर्दै स्टाटसमा आफुले जिन्दगीलाई बुझ्न नसकेको पनि बताएकी छिन् । बिकिनीमा सुन्दर देखिएकी एलिजाले लेखेकी छन्, ‘साँच्चै जिन्दगी कसले बुझ्यो ? केही पाउन केही गुमाउनु पर्छ भन्नेले बुझ्यो की । सबथोक गुमाएर पनि केही नपाउनेले बुझ्यो । मैले त केही बुझिन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *