फोटोको कारण ट्रोलको शिकार बनिन् अभिषेक र ऐश्वर्या बच्चनकी छोरी आराध्या

डिसी नेपाल
५ मंसिर २०७६ १०:५६

एजेन्सी । सोसल मिडियामा ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनकी छोरी आराध्या बच्चन ट्रोलको शिकार बनेकी छन्।

हालै ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनले आफ्नी छोरी आराध्याको ८ औं जन्मदिन मनाएका थिए । यो पार्टीमा बलिउडका विभिन्न सेलिब्रिटीको पनि उपस्थिती रहेको थियो । यद्यपि, अमिताभ बच्चनको घरमा भएको यो पार्टी पूर्ण रुपमा प्राइभेट थियो तर यो पार्टीका केही तस्बिर सार्वजनिक भएका छन् । यिनै तस्बिरमा देखिएकी आराध्यालाई अब सोसल मिडियामा ट्रोल गरिँदै छ र आराध्याको मेकअपको कारण उनी सामाजिक सञ्जालमा निकै ट्रोल भएकी छन्।

यी तस्बिरमा आराध्यालाई यति कम उमेरमा नै मेकअप गरेको भन्दै धेरैले ट्रोल गरेका छन् । बच्चालाई मेकअप किन गरेको भन्दै धेरैले आफ्नो असन्तुष्टि पोखेका छन् ।

आराध्या र ऐश्वर्यालाई ट्रोल गरिएको यो पहिलो पटक भने होइन । हरेक कार्यक्रममा आफ्नी आमासँग टाँस्सिएर बस्ने आराध्या र आफ्नी छोरीको हात नछोड्ने ऐश्वर्यालाई छोरीका लागि ओभर प्रोटेक्टिभ भएको भन्दै ट्रोल गरिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *