गर्भवती महिलाको हेलिकप्टरमार्फत् उद्धार

डिसी नेपाल
५ मंसिर २०७६ २२:५३

डोल्पा । उपल्लो डोल्पाबाट गर्भवतीको आज हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।

शे–फोक्सुण्डो गाँउपालिका–८ रिग्मोकी ३० वर्षीया टसीमिन्डित रोकायाको उद्धार गरिएको हो ।

सुत्केरी हुन नसकेपछि रोकायाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत क्षेत्रीय अस्पताल लगिएको स्थानीयवासी आङबहादुर लामाले जानकारी दिए ।

तीन दिनदेखि सुत्केरी ब्यथाले थला परेकी रोकायाको बच्चा जन्माउन नसक्ने अवस्था देखिएपछि सुविधा सम्पन्न अस्पताल लैजान हेलिकप्टरको सहारा लिनुपरेको उनका श्रीमान् पूर्वातुण्डुप बैजीले बताए ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट उनको उद्धार गरिएको हो । यस साता फोक्सुण्डोको रिग्मोबाट दुई गर्भवतीको उद्धार गरिएको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *