डेभिड वार्नरले टेस्टमा बनाए २२औं शतक

डिसी नेपाल
६ मंसिर २०७६ १५:०२

काठमाडौं। अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेभिड वार्नरले पाकिस्तानविरुद्ध पहिलो टेष्ट क्रिकेटमा शतक बनाएका छन्। घरेलु टोली अस्ट्रेलियाका वार्नरले पाकिस्तानविरुद्ध जारी टेष्ट खेलमा १८० बलमा शतक पूरा गरेका हुन्।

शतक बनाउने क्रममा उनले ७ चौका प्रहार गरे। उनको यो टेष्ट क्रिकेटमा २२औं शतक हो। त्यस्तै, उनले टेष्ट क्रिकेटमा ३० अर्धशतक बनाएका छन्।

उनको शतकसँगै अस्ट्रेलिया पाकिस्तानविरुद्ध निकै बलियो स्थितिमा पुगेको छ। २०० रन हुदा १ विकेट पनि नगुमाएको अस्ट्रेलियाका लागि अर्का ओपनर ब्याट्सम्यान जोइ बुर्नस ९१ रन बनाएर खेलिरहेका छन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले सबै विकेटको क्षतिमा २४० रन बनाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *