घरेलु मैदानमा हारबाट जोगियो डर्टमण्ड

डिसी नेपाल
७ मंसिर २०७६ ८:५३

एजेन्सी । बोरुसिया डर्टमण्डले बुन्डेशलिगामा बराबरीको नतिजा निकालेको छ । शुक्रबार भएको खेलमा डर्टमण्डले पाडेरबोर्नसंग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

पाहुना टोलीले पहिलो हाफमा डर्टमण्डविरुद्व ३–० को अग्रता लिएको थियो । स्ट्रेली माम्बाले दुई तथा जेरिक होल्टम्यानले एक गोल गर्दै पाहुना टोलीलाई अप्रत्यासित अग्रता दिलाएका थिए । तर ईङ्ल्याण्डका फरवार्ड साञ्चोले दोस्रो हाफमा प्रभाव जमाउँदा घरेलु टोली डर्टमण्डले अंक खोस्न सफल भएको थियो ।

साञ्चोले ४७ औ मिनेटमा गोल गर्दै डर्टमण्डको गोल अन्तर घटाउने काम गरेका थिए । ८४ औ मिनेटमा एक्सल विटसेलले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरे । ईन्जुरी समयमा साञ्चोको पासमा मार्को रिउसले गोल गर्दै डर्टमण्डलाई अंक दिलाउन सफल रहे ।

तालिकाको पुछारमा रहेको १२ खेलबाट ५ अंक जोडेको छ । बोरुसिया २० अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *