साग क्रिकेटको खेल तालिका सार्वजनिक, नेपालको पहिलो प्रतिद्वन्दी श्रीलंका

डिसी नेपाल
७ मंसिर २०७६ ९:१७

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

साग आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी श्रीलंका परेको छ । नेपाल र श्रीलंकाबीचको खेलमा डिसेम्बर ३ मा हुनेछ ।

यस्तै नेपालले डिसेम्बर ५ मा भुटानसँग खेल्दा डिसेम्बर ६ मा माल्दिभ्सको सामना गर्नेछ । नेपालले अन्तिम खेलमा डिसेम्बर ७ मा बंगलादेशसँग खेल्नेछ ।

सागको पुरुषतर्फ पाँच टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् । भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्ने छैनन् । यस्तै बंगलादेश र श्रीलंकाले यू–२३ टिम पठाउने छ । अन्य राष्ट्रको भने सिनियर टिम हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टिमले स्वर्ण पदकको लागि खेल्ने छन् । यस्तै तेस्रो र चौंथो टिमले कास्यको लागि खेल्नेछ । साग क्रिकेट टियु क्रिकेट मैदानमा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *