साग महिला क्रिकेटमा नेपालको पहिलो खेल माल्दिभ्ससँग

डिसी नेपाल
७ मंसिर २०७६ ११:५५

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला टी-ट्वान्टी क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्दी माल्दिभ्स परेको छ । साग आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी माल्दिभ्स परेको हो । नेपाल र माल्दिभ्सबीचको खेलमा डिसेम्बर २ मा हुनेछ ।

पोखरा रंगशालामा आयोजना हुने महिला क्रिकेट अन्तर्गत नेपालले दोस्रो खेल डिसेम्बर ४ मा बंगलादेशसँग खेल्नेछ । यस्तै डिसेम्बर ६ मा श्रीलंकासँग अन्तिम खेल खेल्नेछ । महिला क्रिकेटमा चार टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा नेपाल, बंगलादेश, श्रीलंका र माल्दिभ्स रहेका छन् । भारत, पाकिस्तान र भुटानले खेल्ने छैनन् ।

राउण्ड रोबिनको आधारमा हुने महिला क्रिकेटको शीर्ष दुई टिमले स्वर्ण पदकको लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो टिमले कास्यको लागि खेल्नेछ । महिला क्रिकेटमा सबै टोलीले सिनियर खेलाडी खेलाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *