प्रिमियर लिगः आज आठ खेल, सिटीलाई चेल्सीको तथा टोटेनहमलाई वेष्ट ह्यामको चुनौति

डिसी नेपाल
७ मंसिर २०७६ १२:४२

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न आठ खेलहरु संचालन हुँदैछ । प्रिमियर लिगमा शनिबार शीर्ष स्थानको लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, टोटेनहम, आर्सनल लगायतका क्लबले प्रतिस्पर्धा गर्नेछ ।

साविक विजेता सिटीले घरेलु मैदानमा चेल्सीको सामना गर्दैछ । सिटी र चेल्सीबीचको खेल राति ११ः१५ मा सुरु हुनेछ । घरेलु मैदानमा सिटी चेल्सीलाई पराजित गर्दै शीर्ष दुईमा उक्लन चाहन्छ । चेल्सी पनि सिटीलाई उसैको मैदानमा स्तब्ध बनाउदै दोस्रो स्थानमा उक्लन चाहन्छ ।

लिगको चौंथो स्थानको सिटीले १२ खेलमा २५ अंक जोडेको छ । चेल्सीले १२ खेलमा २६ अंक जोडेको छ । लिग लिडर लिभरपुलले क्रिष्टल प्यालेससँग उसैको मैदानमा खेल्नेछ । क्रिष्टलको मैदानमा लिभरपुल अपराजित यात्रा कायम राख्ने लक्ष्यसहित मैदान उत्रने छ ।

लिभरपुल १२ खेलमा ३४ अंक जोडेर शीर्ष स्थानमा छ । लिभरपुल दोस्रो स्थानको लेष्टर सिटी भन्दा आठ अंकले अघि रहेको छ । लेष्टरले ब्राइटनसँग उसैको मैदानमा खेल्नेछ । यस्तै आर्सनलले घरेलु मैदानमा साउथ ह्याम्पटनसँग खेल्ने छ । लिगको छैटौं स्थानको आर्सनल जित निकाल्दै शीर्ष पाँचमा उक्लन चाहन्छ ।

नयाँ प्रशिक्षक जोसे मोरिन्होको साथ पाएको टोटेनहमले वेष्ट ह्यामसँग उसैको मैदानमा खेल्नेछ । माउरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै मोरिन्होलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएपछि पहिलोपटक टोटेनहमले खेल्न लागेको हो ।

लिग अन्तर्गत नै अर्को खेलमा एभर्टनले नर्विचसँग खेल्दा बर्नेमाउथले वुल्भ्सको सामना गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *