भारतीय टेस्ट टिमबाट पन्त ‘आउट’

डिसी नेपाल
७ मंसिर २०७६ १२:५९

काठमाडौं । भारतीय टेस्ट टिमबाट विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई रिलिज गरिएको छ । महेन्द्रसिंह धोनीको विकल्पमा टिममा राखिएका पन्तले आशातित प्रदर्शन गर्न नसके पछि बंगलादेशविरुद्धको टेस्ट सिरिजबाट रिलिज गरिएको हो ।

भारतीय चयनकर्ताले पन्तलाई सैय्यद मुश्ताक अली ट्रफी खेल्नका लागि रिलिज गरिएको बताएका छन् । उनले वेस्टइण्डिजविरुद्धको टी–२० मा भने मौका पाएका छन्।

पन्तका साथै शुभमन गिललाई पनि रिलिज गरिएको छ । बीसीसीआईका एक अधिकारीका अनुसार पन्त वेस्टइण्डिजविरुद्धको टी २० र एक दिवसीय क्रिकेटमा भने टिममा रहने छन् । पन्त कोलकता टेस्टमा पनि नरहेकाले मुम्बई टेस्टमा पनि टिममा पर्न असफल भएका हुन् । पन्तको ठाउँमा एस भरतलाई बोलाइएको छ ।

भरत इण्डिया ए टिमको नियमित सदस्य हुन् । अहिलेसम्म ६९ फर्स्ट क्लास म्याचमा भरतले ३ हजार ९ सय ९ रन बनाएका छन् यसमा उनले ८ शतक र २० अर्धशतक पनि सामेल छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *