गार्डिवला म्यान्चेस्टर सिटीमै रहने

डिसी नेपाल
७ मंसिर २०७६ १३:०२

काठमाडौं। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलाले आफू अझै पनि क्लबमा खुशी रहेको र अझै यहिँ रहन चाहेको बताएका छन्। सिटी अहिले प्रिमियर लिगमा चौथो स्थानमा छ । सन् २०१७ को सिजन प्रशिक्षकका रुपमा सिटीमा उनको पहिलो सिजन थियो र सो सिजनपछि अहिले अंक तालिकामा तल रहेको हो।

अहिले शीर्ष स्थानको लिभरपुल भन्दा ९ अंकले पछि रहेको छ। प्रशिक्षक गार्डिवलाले भने, ‘मानिसहरुले किन सोचिरहेका छन् कि म खुशी छैन ? किनकी हामी लिभरपुलसँग पराजित भयौँ या यो सिजन तीन खेलमा पराजित भयौँ भनेर ?’ उनले अघि भनेका छन्, ‘यसका आधारमा म खुशी छैन भन्नु अलि नमिल्दो छ। म खुशी छु र यहिँ रहन चाहन्छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *